नवलपरासीमा नेकपा वडा कमिटी अध्यक्षसहित ७५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

नवलपरासीमा नेकपा वडा कमिटी अध्यक्षसहित ७५ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस पाल्हिनन्दन ६ वडा कार्यसमितिले विजयदशमी, दिपावली, छ्ठपर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई कमिटी अध्यक्ष राजेन्द्र केवटको नेतृत्वमा उनीहरु प्रवेश गरेका हुन्। 

No description available.

उनीहरुलाई पूर्व गृह राज्यमन्त्री तथा केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र कँडेलले सदस्या प्रदान गरि पार्टी प्रवेश गराएका हुन्।

कांग्रेसका प्रभावशाली नेतासमेत रहेका प्रतिनिधि सभा सदस्य माननीय कँडेलले जिल्लामा सक्रियता बढाएसँगै जिल्लामा विभिन्न दल परित्याग गरि पार्टी प्रवेश गर्नेको लहरनै चलेको छ। 

No description available.

यसअघि पनि जिल्लामा उल्लेखनीय रुपमा कांग्रेस प्रवेश गराएका छन् सो अभियान निरन्तर रहने कँडेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-31 20:59:00

प्रतिकृया दिनुहोस्