चलचित्र ‘हिरोपन्ती २’मा कृति ‘आउट’, तारा ‘इन’

चलचित्र ‘हिरोपन्ती २’काे छायांकन डिसेम्बर महिनाबाट सुरु हुँदैछ। 

नायक टाइगर श्राफकाे मुख्य भूमिका रहने चलचित्रमा २ महिना अगाडि नै यसको लागि नायिका पक्का गरेको छ।

याे चलचित्र नायिकाको रुपमा तारा सुतरियालाई लिइने भएकाे छ। ‘स्टूडेन्ट अफ दि इयर्स २’ डेब्यू नायिकाले चलचित्रमा टाइगरसँग उनी देखिन लागेकी हुन्।

ताराले ‘स्टूडेन्ट अफ दि इयर्स २’मा पनि नायक टाइगर श्राफसँग नै काम गरेकी थिइन्। २ वर्षपछि यी दुइको जोडी फेरि पनि पर्दामा देखिन लागेको हो।

यसअघि चलचित्र ‘हिरोपन्ती’मा नायिका कृती सेननलाई लिइएकाे थियाे। उनकाे यही चलचित्रबाट करिअर चम्किएको थियो।

साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको यो चलचित्रलाई अमेद खानले निर्देशन गर्दैछन्। चलचित्रको कथामा तारा फिट भएपछि निर्माणपक्षले उनीसँग संझौता गरेको जनाइएकाे छ।

प्रकाशित मिति: : 2020-11-01 14:37:00

प्रतिकृया दिनुहोस्