दशैँपछि कराँतेको अभ्यास शुरु, खेलकुद फर्काउन अझै समन्वयकै कमी

पहिलोपोष्ट

काठमाडौँ
तस्बिर : पहिलो पोष्ट

मुकुन्द घिमिरे

लकडाउनयता अभ्यासमा जुटिरहेको खेल हो कराँते। ओलम्पिकको तयारीका लागि भन्दै लकडाउनयता पटकपटक अभ्यास शुरु हुँदै रोकिँदै गर्‍यो। पछिल्लो समय असोजको पहिलो साताबाट सञ्चालनमा आएको अभ्यास फूलपातीयता रोकिएको थियो जुन आजबाट सातदोबाटोस्थित कराँतेको कभर्डहलमा सञ्चालनमा आएको छ।

त्यसो त करातेको यो तयारी ओलम्पिकलाई केन्द्रीत गरेर शुरु गरिएको हो। ओलम्पिकका लागि भने अनु अधिकारी र नवीन रसाइलीले ट्रेनिङ गरिरहेका छन्। उनीहरुबाहेकका केही अन्य खेलाडीहरु पनि ट्रेनिङमा आउने गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक दीपक श्रेष्ठले बताए। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको निर्देशनमा कम्तीमा फिटनेसचाहीँ बिग्रन नदिने लक्ष्यको साथ अभ्यास शुरु गराएको श्रेष्ठ बताउँछन्।

‘जहाँ जसरी सकिन्छ सुरक्षाका मापदण्डहरु अपनाएर शुरु गराउँ। बरु धेरै नराखौ थोरै जना बोलाएर भए पनि जसलाई अहिले लक्षित गरेका छौं कम्तीमा उनीहरुको चाहीँ फिटनेस नबिग्रियोस भनेर निर्देशन दिनुभएको थियो,’ प्रशिक्षक श्रेष्ठले भने।

यद्यपि कराँतेकै पनि यो अभ्यास पूर्ण रुप भने होइन। अझै कराँतेको पनि अन्य खेलाडीहरु अभ्यासबिहीन छन्। यस्तै अवस्था अन्य खेलकुदमा पनि छ।

प्रकाशित मिति: : 2020-11-01 20:06:00

प्रतिकृया दिनुहोस्