बगैंचा स्याहारेर हराभरा बनाउँदै मानवशास्त्र विभाग प्रमुख चेम्जोङ

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

समिक्षा अधिकारी

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङलाई हामीले अघिल्लो वर्ष भेटेका थियौं। छ महिनाअघि मात्रै विभाग प्रमुख भएका उनले त्यतिबेलै विभागको मुहार फेरेका थिए।

खण्डहर भइसकेको विभाग भवनलाई उनले आकर्षक बनाए। कक्षाकोठा रंगरोगन, आरामदायी डेस्क-बेन्च, व्यवस्थित पुस्तकालय र पठन सामग्री, सफा र सुविधायुक्त शौचालय, बगैंचा सिँगार्नेदेखि विभाग परिसर सरसफाइको नेतृत्व लिए। र, इच्छा भए काम गर्न सकिने प्रमाणित गरेर देखाए।

बाहिरी आवरणसँगै पठनपाठनमा समेत आएको १८० डिग्री परिवर्तनले हामी निकै प्रभावित भएको थियौं। उनले भनेका थिए, 'हाम्रा कक्षाकोठा र पुस्तकालय घरभन्दा न्यानो, आरामदायी, सुविधाजनक र आकर्षक बनाउने छौं।'

चेम्जोङका अनुसार त्रिवि देशकै जेठो र ठूलो विश्वविद्यालय मात्र होइन, हाम्रो प्राज्ञिक क्षेत्र कस्तो छ भनेर हेर्न आउनेलाई देखाउने थलो पनि हो। पठनपाठनसँगै यसको भौतिक सुधारको जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागको हो। त्यसैले प्राध्यापक चेम्जोङ विभाग सुधारका विभिन्न उपाय लगाइरहेका थिए।

प्रकाशित मिति: : 2020-11-02 08:49:00

प्रतिकृया दिनुहोस्