धनुषामा पाँच मिनेटको अन्तरमा वृद्व दम्पतिको मृत्यु

धनुषामा एक वृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ।

सहिदनगर नगरपालिका १ कुम्भकर्ण टोलका ९१ वर्षीय रामखेलावन यादव र ८८ वर्षीया उनकी श्रीमती सुमिन्त्रादेवी यादवको पाँच मिनेटको अन्तरमा मृत्यु भएको छ। 

मृतकका छोरा उपेन्द्रका अनुसार बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उनको मृत्यु भएको थियो। त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उनको पनि मृत्यु भएको हो। 

‘साढे ७ बजेतिर चिया खाएका रामखेलावनलाई ७ बजेर ४० मिनेटमा छाती दुख्यो भन्नुभयो। म औषधि लिन गएँ। त्यसको केही समयमै ७ः४५ बजे बुबाको मृत्यु भयो। उहाँको मृत्यु भएको देखेर आमा पनि अचेत हुनुभयो। त्यसको पाँच मिनेटको उहाँको पनि मृत्यु भयो,’ उनले भने।

मृतक दम्पति रामखेलावन र सुमिन्त्रा देवीका छोरा उपेन्द्र यादव, चार छोरीहरु दुलारी यादव, सुनिता यादव, कुमारी यादव र समारी यादव छन्।

एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ।

प्रकाशित मिति: : 2020-11-02 16:43:00

प्रतिकृया दिनुहोस्