काम नगर्ने सरकार, कामै नलाग्ने प्रतिपक्ष

आयोमेल

काठमाडौँ
फाइल तस्बिर

धैर्यकान्त दत्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अहिले लगभग दुई तिहाइ बहुमतको शक्तिशाली सरकार छ। सिङ्गो नेकपाको हातमा देशको बागडोर छ।

एउटै दलको सरकार बन्नु उसप्रति जनताको ठूलो विश्वास हो। 

तर, सरकारलाई भने आम जनताको कहरसँग केही मतलब छैन। 

कोरोना महामारीसँगै हजारौँ बेरोजगार भएर घरभित्र बस्न बाध्य भएका छन्। दैनिक ज्यालादारी मजदुरी गर्नेहरु काम नपाएर, दुई छाक टार्न छटपटिएर बसिरहेका छन्। गुमिसकेको उनीहरूको रोजगारी कसरी फर्किने सरकारले उपाय निकाल्न सकेको छैन।

कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट सरकारले हात उठाइसकेको छ। 

तर, सरकार प्रमुख पार्टीकै विवादमा अल्झिएका छन्। सत्ताको नेतृत्व गर्ने दल नै आपसी विवादमा रुमलिइरहेको छ। 

संक्रमणले देश थिलोथिलो भइरहेका बेला सरकारले संक्रमण रोकथाम र नागरिकको ज्यान जोगाउने बारेमा उतिसारो छलफल गरेको छैन, जति पार्टीको भागबण्डा मिलाउनमा समय बिताएको छ। 

जनताले अहिले भोगिरहेको दुःख र पीडाभन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाको आन्तरिक विवाद महत्वपूर्ण लाग्न थालेको छ।

सत्तारूढ दलमात्र होइन सरकारलाई गलत कदम उठाउनबाट रोक्ने प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलहरूको पनि कुनै अत्तोपत्तो छैन।

लोकतान्त्रिक व्यवस्थामा सरकारले चालेका हरेक कदममा खबरदारी गर्ने काम प्रतिपक्षीको हुन्छ। 

प्रकाशित मिति: : 2020-11-04 20:08:00

प्रतिकृया दिनुहोस्