अमेरिकाको ४६औं राष्ट्रपति अझै अनिश्चित: ट्रम्पले गरे आफ्नो जीतको घोषणा 

डा. प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकाको ४६औं राष्ट्रपति को बन्ने अझै अझै निश्चित भैसकेको छैन। तर, २७० इलेक्ट्रोल मत चाहिनेमा २१३ मात्र जितेका राष्ट्रपति  ट्रम्पले आफ्नो जीतको घोषणा गरेका छन। उता, २३८ इलेक्ट्रोल मत जितेका बाइडनले भने अन्तिम परिणामको प्रतीक्षा गर्न आग्रह गरेका छन्।

यतिबेला सबैको ध्यान ६ राज्य पेन्सेल्भेनिया, मिचिगन, विस्कन्सन, नर्थ क्यारलाइना, जर्जिया, नभादा र मेनको सेकेण्ड कंग्रेसनल डिस्ट्रिक्टमा पुगेर अडिएको छ। छ राज्यमध्ये पेन्सेल्भेनिया (२०), नर्थ क्यारलाइना (१५), जर्जिया (१६),  अलास्का (३) र मेनको सेकेण्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) मा ट्रम्प अगाडि छन् भने मिचिगन (१६) , विस्कन्सन (१०) र नभादा (६) मा बाइडन अगाडि छन्। 

यो समाचार-टिप्पणी लेखिरहेकोे बेला अमेरिकी सेन्ट्रल टाइमअनुसार बुधबार विहानको ९ बजेर ४५ मिनेट गएको छ। यतिबेलासम्मको अवस्थामा यी ६ कुरा भएका छन् ।

१. मतगणना जारी छ, अझै पनि करोडौ मत गन्न बाँकि छ। 

२. मतगणनामा लोकप्रिय र इलेक्ट्रोल मतमा बाइडन अगाडि छन्। 

३. अहिलेसम्म कुनै उम्मेद्वारले २७० को जादुगरी आँकडा छुन सकेका छैनन् । मिडियाअनुसारको आँकडा फरक छ। प्रतिनिधि आँकडा लिँदा बाइडन समर्थक सीएनएनले बाइडनका लागि २२४ र ट्रम्पका लागि २१३ प्रक्षेपण गरेको छ भने ट्रम्प समर्थक फक्स न्युजले बाइडनका लागि २३८ र ट्रम्पका लागि २१३ प्रक्षेपण गरेको छ।

अमेरिकी राष्ट्रपति को हुने त्यसको निर्णय हुन बाँकि नै भए पनि एउटा कुरा भने सत्य सावित भएको छ। त्यो के भने, फेरि एकपटक पोलमास्टरका मोडल धुलिकट भएका छन् भने गडमास्टर र गनमास्टरको पानी अनुमान सत्य सावित हुने अवस्था सिर्जना भएको छ। पोल मास्टरको प्रक्षेपण सही भैदिएको भए यतिबेला बाइडन बिजयी भैसकेका हुने थिए। तर, अवस्था त्यस्तो छैन। २७० को जादुगरी अंक पुर्याउन दुबैलाई हम्मे हम्मे परिरहेको छ। 

४. निर्वाचनको लागि निर्णायक मानिएका ब्याटल ग्राउण्ड राज्यहरू पेन्सेल्भेनिया, मिचिगन, विस्कन्सन, नर्थ क्यारलाइना, जर्जिया, नभादा, अलास्काको मत निर्णायक हुने अवस्था छ। यी राज्यमध्ये पेन्सेल्भेनिया (२०), नर्थ क्यारलाइना (१५), जर्जिया (१६),  अलास्का (३) र मेनको सेकेण्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) मा ट्रम्प अगाडि छन् । यी सबैमा जित्दा पनि उनको इलेक्ट्रोल मत २६८ मात्र पुग्छ। 

उता,  मिचिगन (१६) , विस्कन्सन (१०) र नभादा (६) मा बाइडन अगाडि छन्। यी तीन राज्यमा उनले जिते भने उनको इलेक्ट्रोल मत २७० हुन्छ। 

५. राष्ट्रपति ट्रम्पले मंगलबार राति नै आफ्नो जीत घोषणा गरेर मतगणना रोक्न भनेका छन्। उनले बाँकि घोषणा मान्य नहुने र त्यसको विरूद्ध अदालत जाने बताएका छन्। 

६. बाइडनले भने अझै पनि धैर्य गरेर अन्तिम परिणामको प्रतीक्षा गर्न भनेका छन्। 

अमेरिकी राष्ट्रपति को हुने त्यसको निर्णय हुन बाँकि नै भए पनि एउटा कुरा भने सत्य सावित भएको छ। त्यो के भने, फेरि एकपटक पोलमास्टरका मोडल धुलिकट भएका छन् भने गडमास्टर र गनमास्टरको पानी अनुमान सत्य सावित हुने अवस्था सिर्जना भएको छ। 

पोल मास्टरको प्रक्षेपण सही भैदिएको भए यतिबेला बाइडन बिजयी भैसकेका हुने थिए। तर, अवस्था त्यस्तो छैन। २७० को जादुगरी अंक पुर्याउन दुबैलाई हम्मे हम्मे परिरहेको छ। 

 

प्रकाशित मिति: : 2020-11-04 21:22:00

प्रतिकृया दिनुहोस्