च्याम्पियन्स लिग: बार्सिलोनाको लगातार तेस्रो जित

बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ। 

समूह ‘जी’ मा रहेको बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डीनामो किएभमाथि २–१ को जित दर्ता गरेको हो।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले कप्तान लिओनेल मेसीको पेनाल्टी गोलमा अग्रता लिएको थियो। 

पेनाल्टी क्षेत्रभित्र डेनिस पोपोभले मेसीलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। 

६५औँ मिनेटमा बार्सिलोना अग्रता दोब्बर पार्‍यो। अन्सु फातीको क्रसमा जेरार्ड पिकेले हेडरमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

७५औँ मिनेटमा घरेलु टोली किएभका भिक्टर सिगन्कोभले गोल गर्दै अग्रता २–१ मा झारेपनि हार टार्न सकेनन्।

यस जितसँगै बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ। दोस्रो स्थानको युभेन्टसको ६ अंक छ। डिनामो किएभ र फेरेन्कभारोसको १-१ अंक छ।

प्रकाशित मिति: : 2020-11-05 06:47:00

प्रतिकृया दिनुहोस्