पेनाल्टीमा डि मारिया चुक्दाँ पीएसजीकाे हार

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी लाइप्जिगसँग पराजित भएको छ।

९ खेलाडीमा समेटिएको पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो। 

छैटौं मिनेटमै मोइस किनको पासमा गोल गर्दै डि मारियाले पीएसजीलाई अग्रता दिलाउका थिए। 

१६औँ मिनेटमा मोइस किनलाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहार लाइप्जिगका गोलरक्षक पिटर गुलाक्सीले विफल पारे।

४२औँ मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

५७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए।

प्रेसनेल केम्पेम्वेले पेनाल्टी बक्समा फोर्सवर्गलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै पेनाल्टी दिएकाे थियाे।

६९औं मिनेटमा इड्रिसा गाना गुया दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटियाे। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा प्रेसनेल केम्पेम्वे पनि दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पीएसजी ९ खेलाडीमा समेटियो।

हारपछि पीएसजीको ३ खेलबाट ३ अंक रहेको छ। 

लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समान ६ अंक नै रहेपनि गोल अन्तरमा म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा रहेको छ। इस्तानबुल बेसाकसेहिर ३ अंकसहित पुछारमा छ।
 

प्रकाशित मिति: : 2020-11-05 07:12:00

प्रतिकृया दिनुहोस्