डर्टमुन्डको दोस्रो जित

जर्मन क्लब बोरुसिया डर्टमुन्डले च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ।

समूह ‘एफ’ मा  रहेकाे डर्टमुन्डले बेल्जियन क्लब ब्रगलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो। 

डर्टमुन्डको जितमा युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई तथा मिडफिल्डर थोर्गन हाजार्डले एक गोल गरे। 

 डर्टमुन्डले १४औँ मिनेटमा थोर्गन हाजार्डको गोलबाट अग्रता लिएको थियो।

१८औँ मिनेटमा एर्लिङ ब्राउट हालान्डले डर्टमुन्डको अग्रता दोब्बर पारे।

 ३२औँ मिनेटमा आलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड ३–० ले विजयी हुने सफल भयो।

जितसँगै डर्टमुन्डले ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।

लाजियो ५ अंकसहित दोस्रो स्थानमा छ। क्लब ब्रग ४ अंकसहित तेस्रो स्थानमा रहँदा जेनिथ १ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति: : 2020-11-05 07:33:00

प्रतिकृया दिनुहोस्