बशाक्षेहिरसँग युनाइटेड पराजित

च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

बुधबार राति भएको समूह ‘एच’को खेलमा युनाइटेड टर्किस क्लब इस्तानबुल बशाक्षेहिरसँग २-१ गोलले पराजित भएको हो।

१२औँ मिनेटमा इस्तानबुललाई डेम्बा बाले अग्रता दिलाएका थिए। ४०औँ मिनेटमा भिस्काले इस्तानबुलको अग्रता दोब्बर पारे। 

४३औँ मिनेटमा युनाइटेडका लागि मार्सियलले गोल फर्काए। दोस्रो हाफमा कुनै गोल हुन सकेन।

समूहमा हारपछि पनि युनाइटेड ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगको पनि ६ अंक भएको छ। 

प्रकाशित मिति: : 2020-11-05 08:17:00

प्रतिकृया दिनुहोस्