सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ।

अस्पताल प्रशासनका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार धनगढी ५ का ९२ वर्षीय पुरुषको बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हाे।

ती व्यक्तिलाई १७ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

श्वासप्रश्वास र कडाखाले निमोनियाका कारण सोही दिन अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। 

यससँगै सेती अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति: : 2020-11-05 13:34:00

प्रतिकृया दिनुहोस्