१ करोड लागतमा वडा कार्यालय र स्वास्थ्य केन्द्र

बाँकेको कोहलपुर नगरपालिमा १ करोड लागतमा वडा कार्यालय र स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ।

बुधबार एक कार्यक्रमका बीच वडा नम्बर १२ को वडा कार्यालय र वडा स्तरीय स्वास्थ्य केन्द्र शिलान्यास गरिएको हो। 

करिब ९८ लाख लागतमा ठेक्का मार्फत वडा कार्यालय र वडा केन्द्र निर्माण हुने उनको भनाइ छ। वडाका दुवै स्थायी संरचना वडा नम्बर १२ रामजानकी टोलीमा निर्माण हुनेछन्। 

कोहलपुर नगरपालिकामा अहिले नगर कार्यपालिकाको कार्यालय र वडा नम्बर ११ को कार्यालय बाहेक सबै भाडा मै सञ्चालनमा छन्। 

चालु आर्थिक वर्षमा कम्तिमा चार वटा कार्यालय निर्माणको चरणमा रहेको नगरप्रमुख लुट बहादुर रावतले बताए।  

उनका अनुसार चालु आवमा वडा नम्बर ३,४,८ र १२ को कार्यालय निर्माण सम्पन्न हुनेछन्। 

देशमा संघीय शासन लागु भएको तीन वर्षसम्म पनि यहाँका १५ वटा वडा कार्यलय मध्येका अधिकांश भाडा कै घरमा सञ्चालनमा छन्। 

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले स्थानीय सरकारको लगानीमा  स्थायी संरचना निर्माण हुनु राम्रो कुरा भएको बताए।  

यस्तै उनले वडा कार्यालय र स्वास्थ्य केन्द्र फागुनसम्म निर्माण सम्पन्न हुने  जानकारी दिए। 

समय मै आयोजना सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई समय मै काम सम्पन्न गर्न समेत उनले आग्रह गरेका छन्। 

दुवै भवनको निर्माण कार्य जिम्मा पीस कन्ट्रक्सनले लिएको छ। उक्त अवसरमा बोल्दै वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष नैन बहादुर शाहीले  वडा कार्यालय निर्माणको कुल लागत ५४ लाख रहेको छ। 

वडा कार्यालय ४ कोठे निर्माण हुने उनले बताए। शाहीका अनुसार वडा कार्यालय शौचालयको व्यवस्था सहित पूर्ण अपांगता मैत्री बन्नेछ।  

यस्तै वडा कार्यालय सँग निर्माण हुने वडा स्तरीय स्वास्थ्य केन्द्र निर्माणको लागत भने ४४ लाख रहेको छ। 

 केन्द्रका ३ वटा कोठा,  एउटा किचन र शौचालय समेत हुनेछन्। कार्यबाहक अध्यक्ष शाहीले वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माण भएपछि वडाका नागरिकलाई सेवा प्रवाहमा सहज हुने बताइएको छ।

प्रकाशित मिति: : 2020-11-05 14:26:00

प्रतिकृया दिनुहोस्