अमेरिकामा कोरोना संक्रमणले दिनदिनै रेकर्ड कायम गर्दै

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा कोरोना भाइरसको संक्रमणले दिनदिनै रेकर्ड कायम राखेको छ।

नेपाली समयअनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ लाख ६ हजार ५ सय २ पुगेको छ।

त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ९ सय ११ रहेको छ। त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाख ८१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्।

बिहीबार मात्रै कम्तीमा एक लाख २१ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यस्तै बिहीबार एक हजार एक सय ८७ जनाको मृत्यु भएको  छ। अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको यो दोस्रो दिन हो। 

यसअघि बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको थियो। बुधबार एकै दिन ६ अंकमा संक्रमित भेटिएका हुन्। त्यस्तै बुधबार एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको थियो।

पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको छ।

अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ। भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2020-11-06 12:00:00

प्रतिकृया दिनुहोस्