विराटनगर र पाल्पामा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर र पाल्पामा उपचाररत तीन कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। 

यता पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा चापाकोटमा नगरपालिकाका कोराना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु भएको छ।

धनकुटा ४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः १५ बजेतिर मृत्यु भएको हो। 

पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो। मृतकमा श्वासप्रश्वासको समस्या देखिएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

त्यस्तै विराटनगर महानगरपालिका ७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो। 

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

मृतकमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या थियो। 

यता ७३ वर्षीय वृद्ध नियमित स्वास्थ्य उपचारका लागि कात्तिक १४ गते पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा भएका थिए।

पाँच दिनअघि १६ गतेदेखि आफ्नै घर होम आइसोलेशनमा बस्दै आएका उनको बिहीबार राती निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। 

लामो समयदेखि सुगर र उच्च रक्तचापका बिरामी थिए। योसँगै स्याङ्जामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने झण्डै ५ सय ५० भन्दा बढी संक्रमित भएका छन्। 

प्रकाशित मिति: : 2020-11-06 12:30:00

प्रतिकृया दिनुहोस्