लकडाउनमा फुरेको आइडिया : बारीमा ढकमक्क फुल्यो

आयोमेल

विराटनगर
तस्बिर : आयोमेल

मिलन बुढाथाेकी

चैतदेखि सुरु भएको लकडाउनले रोजीरोटी चपेटामा छ। 

भएको काम समेत गुमाएका धेरै मजदुरले फेरि काम पाउन सकेका छैनन्। 

दैनिक मजदुरी गुमाएर घरमै बसेका इटहरी उपमहानगपालिका ३ का २१ महिला भने कसरी वैकल्पिक आम्दानी गर्न सकिन्छ भनेर कम्मर बसेर लागे। 

गत जेठमा समुहकी अगुवा महिला पवित्रा कोइरालाले अन्य २० गृहणीलाई भेला पारिन् र प्रतिव्यक्त ५ सय रुपैयाँ उठाएर दर्ता गरिन्, सृजनशलि कृषि उद्यम महिला  समूह। 

अहिले त्यही समुहको मिहिनेत घरबारीमा ढकमक्क फुलेको छ। 

‘हामीले वैकल्पिक आम्दानीलाई जोड दिन के गर्न सकिन्छ भनेर लकडाउनकै बीच छलफल चलायौं’ समुहकी अध्यक्ष पवित्रा कोइरालाले भनिन् ‘फूल आवश्यक पर्ने पर्व नजिकै आएको हुँदा अहिले यसैबाट काम थालौं भनेर खाली समय मै १० कठ्ठा जमिनमा फूल रोप्यौँ।’ 

पूर्वका विराटनगर, इटहरी, धरान लगायतका सहरमा चाडपर्वका बेला भारतबाट फूल आयात हुन्छ। 

तर, यो पटक कोरोना महामारीका कारण भारतीय सीमा बन्द छन्। यद्दपि लुकिछिपी सामान ल्याउने लैजाने त भइ नै रहेको छ। 

प्रकाशित मिति: : 2020-11-06 16:27:00

प्रतिकृया दिनुहोस्