पुटिनलाई ‘पार्किन्सन’ भएको दावी, राष्ट्रपति पद छोड्न परिवारको दबाब

रुसी राष्ट्रपति ब्लादिमिर पुटिनलाई पार्किन्सन भएको खबरसँगै उनलाई पदबाट राजीनामा गर्न परिवारले दबाब दिएको बेलायती अखबारहरूले बताएका छन्। 

पुटिन ६८ वर्षका छन् र यसै वर्ष संविधान संसोधन गरेर आजीवन राष्ट्रपति बन्ने अभियानमा थिए। उनको ३७ वर्षीय प्रेमिका एलिना काबायेवा र छोरीले पदबाट राजीनामा गर्न दबाब दिइरहेको बेलायती टेब्लाइट ‘द सन’ ले बताएको छ। 

पुटिन १९९९ देखि सत्तामा छन्। यसबीच उनी एक कार्यकालका लागि प्रधानमन्त्री भएका थिए। ‘द सन’ का अनुसार रुसको राजनीतिक विश्लेषक भेलेरी सोलोवेईले भनेका छन्, ‘पुटिनलाई उनको ३७ वर्षीय प्रेमिका र दुई छोरीले राजीनामा गर्न दबाब दिइरहेका छन्।’

पुटिनमाथि परिवारको निकै प्रभाव छ। परिवारकै दबाबका कारण उनले आउँदो जनवरीमा पदबाट राजीनामा गर्न सक्ने भेलेरीको दावी छ। पार्किन्सनबाट संसारमा ६२ लाख मानिस पिडित छन्। 

हरेक वर्ष यो बिरामीबाट करिब एक लाख मानिसको निधन हुन्छ। यसले शरीर काम्ने गर्छ। भर्खरै देखिएको एउटा भिडियोमा उनको औला र खुट्टा कामेको देखिएको थियो। 

पुटिनको जन्म १९५२ मा सेन्ट पिटरबर्गमा भएको थियो। उनी कानुन विषयमा स्नातक हुन्।। रुसको जासुसी संस्था केजीबीमा काम गरिसकेका पटिन जुडोका ब्ल्याक बेल्ट खेलाडी पनि हुन्। 

सन् १९९९ मा बोरिस येल्तसिनले राजीनामा गरेपछि उनलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो। उनले २००० मा चुनाव जितेका थिए। उनले २००४ मा पनि दोस्रो पल्ट चुनाव जितेका थिए।
 
रुसको संविधानमा दुई पल्टभन्दा बढी राष्ट्रपति बन्न पाइदैन। यसैले उनी २००८ मा प्रधानमन्त्री भएका थिए। यसपछि संविधान संसोधन गरेर उनी २०१२ मा फेरि राष्ट्रपति बने।

प्रकाशित मिति: : 2020-11-06 20:55:00

प्रतिकृया दिनुहोस्