कहिले सकिएला अल्पकालीन बियरिस ट्रेन्ड?

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं–नेप्से सूचक आगामी साता ‘बियरिस ट्रेण्ड’ मा चल्न सक्ने अनुमान गरिएको छ। गएको साता नेप्से सूचक एक वर्ष यताकै अधिकतम बिन्दु कायम भएकाले आगामी साता बियरिस ट्रेण्डमा चल्नसक्ने अनुमान गरिएको हो आगामी साता नेप्से सूचक अधिकतम १६८४ अंकसम्म पुग्ने विश्लेषण गरिएको छ। त्यस्तै न्युनतम १६०४ अंकसम्म तल झर्ने अनुमान प्राविधिक विश्लेषकहरुले गरेका छन्। 

अल्पकालीन बियरिस ट्रेण्डलाई पछिल्लो राजनीतिक घटनाक्रमले पनि प्रभाव पारिरहेको छ। यसले शेयर बजारमा केही अन्योल पैदा गरेको हो। अहिलेको राजनीतिक किचलोले अवस्था अझ नराम्रो हुने विश्लेषण गरिएको छ।

अल्पकालीन बियरिस ट्रेण्डलाई छोट्याउन सक्ने केही आधार भने कायम नै छ। अबको केही समय सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्नेछन्। यसले अल्पकालीन बुलिस ट्रण्डलाई छोट्याउन मद्दत गर्ने विश्लेषण गरिएको छ। कोभिड १९ का कारण सूचीकृत कम्पनीहरुले समयमा लेखापरीक्षण गर्न नसक्दा साधारणसभा पनि पछाडि सरिरहेको छ।

प्रकाशित मिति: : 2020-11-07 15:28:00

प्रतिकृया दिनुहोस्