शेयर सूचक सामान्य घटे पनि खरिदबिक्री रकममा वृद्धि

सेयर बजारमा नेप्से सूचक सामान्य घटे पनि खरिदबिक्री रकममा वृद्धि भएको छ । नेप्से सूचक बिहीवार ४.४७ अंकले घटेर १६३६.१७ विन्दुमा अडिएको छ । 

कारोबार रकममा उत्साह आइरहेकाले बजारमा पर्याप्त मात्रामा क्रेता र बिक्रेताहरु रहेको अनुमान गर्न सकिन्छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणहरु पनि सार्वजनिक भइरहेका छन् । 

यी परिदृश्यहरुमा अब कम्पनीहरुले बुक क्लोज मिति र साधारण सभा तय गर्नेछन् । त्यसपछि प्रस्तावित लाभांश लगानीकर्ताको खातामा आउनेछ । यसर्थ, यतिबेला सेयर किनेका वा होल्ड गर्नेहरुले छोटो समयमै लाभांश हात पार्ने अवस्था रहेको छ । 
 
साताको अन्तिम दिन कुल २०० कम्पनीको २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९१ लाख २३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् ।

कुल १२ कम्पनीको कारोबार भएकामा ४ वटाको सूचक वृद्धि भएको छ भने बाँकी समूह तल झरेका छन् । 

हाइड्रोपावर समूह सबैभन्दा धेरै १३.९३ अंकले बढेको छ । वाणिज्य बैंक समूह ७.९ अंकले तल झरेको छ ।

प्रकाशित मिति: : 2020-11-05 16:27:00

प्रतिकृया दिनुहोस्