यसपालिको तिहार जुम्लाको ओखर !

सेतोपाटी

काठमाडाैं

तिहारको आँगनमै आइसक्यो। अचेल तिहारको विशेषतामा 'भाइ-मसला'ले बलियो स्थान बनाइसकेको छ। त्यसमा पनि ओखर। 

भाइटीकामा ओखर फुटाउँदा दाजुभाइका बाधा अड्चन हट्छ भन्ने धार्मिक मान्यता छ। स्वास्थ्यका लागि पनि ओखर खुबै हितकारी मानिन्छ।

तिहारमा नभइ नहुने यो ओखरको बजार चीन र भारतबाट आयातितले धानिरहेको छ। यस वर्ष विशेषगरी काठमाडौंवासीलाई देशकै उत्पादन जुम्लाको ओखर विकल्प हुन सक्छ।

नयाँ बानेश्वरस्थित जुम्लाघर अर्ग्यानिक एन्ड सुपरफुडले काठमाडौंवासीलाई कर्णालीका सामग्रीलाई उपलब्ध गराउँदै आएको छ। स्टोरका सञ्चालक राज शाहीले कर्णालीका विभिन्न जिल्लामा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर आदी बिक्री गर्दै आएका छन्। चिनियाँ र भारतीय ओखरका तुलनामा जुम्लाको ओखर अलि महँगो हुने शाही बताउँछन्। आफूले १० देखि १५ प्रतिशत नाफा राखेर बेचिरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-11-08 09:53:00

प्रतिकृया दिनुहोस्