आईटी क्षेत्रमा कोरोना प्रभाव : नाफा कम भएको हो, घाटा भएको छैन

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

 उमेश दाहाल

विश्वभर जनस्वास्थ्यमा कोलाहल मच्चाएको कोरोना भाइरसको महामारीले व्यापार-व्यवसायलाई पनि थला पारेको छ। छिटपुट बाहेकका प्रायः सबै व्यापारिक तथा व्यावसायिक क्षेत्रहरू ‘स्लो-डाउन’ भइरहेका छन्। 

तर, इन्टरनेट तथा प्रविधि क्षेत्रसँग जोडिएको क्षेत्रमा भने कोभिड-१९ महामारीको खासै ठूलो प्रभाव नपरेको आकलन हुने गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका लागि त कोरोना महामारी अवसर भएर आएको छ भने कपितय आईटी कम्पनीहरूका लागि पनि कोरोना महामारीले अवसर सिर्जना गरिदिएको छ।

कतिपय सूचना प्रविधिसम्बन्धी कम्पनीहरूमा महामारीको कुनै असर नपरे पनि कर्मचारीको संख्या र सेवा सुविधा कटौतीका लागि देखावटीरूपमा समस्या देखाइएको व्यवसायीहरू नै बताउँछन्।

“अन्य क्षेत्रमा जस्तो सोझै प्रभाव नपरे पनि महामारी र यसले निम्त्याएको लकडाउन र निषेधाज्ञाले ठप्प पारेको आर्थिक पक्षको केही प्रभाव परेको छ,” प्रतिष्ठित आईटी कम्पनी एफवान् सफ्ट इन्टरनेसनलका अस्गर अलि भन्छन्, “अन्य समयमा नै सेकेन्डरी पक्षका रूपमा हेरिने वेबसाइट, मोबाइल एप्लिकेसन जस्ता कुराहरूमा निर्भर रहने कम्पनीहरू अहिले क्यास फ्लो नै कम भइरहेको बेलामा संकटमा परेका छन्।”

वेबसाइट तथा एप्लिकेसनको सफ्टवेयर तयार गर्ने काममा यो क्षेत्रमा विशेषगरी युवा वर्गले रोजगारी पाएका छन्। तर, अन्य व्यापार–व्यवसायमा आम्दानी नभएपछि आईटी कम्पनीका ग्राहक कम्पनीहरूको प्राथमिकताबाट यो क्षेत्र ओझेलमा परेको छ। र, त्यसको प्रत्यक्ष असर कम्पनीहरूमा घाटा देखिएको छ भने त्यसकै कारण बेरोजगारीसमेत उत्पन्न भएको छ।

तर, पुराना र ठूला कम्पनीहरू चल्नै नसक्ने अवस्था नरहेको भए पनि कतिपय संस्थाले महामारीको बहानामा कर्मचारी कटौती गरेको केही व्यवसायी बताउँछन्। 

प्रकाशित मिति: : 2020-11-08 11:41:00

प्रतिकृया दिनुहोस्