डराउनु पर्ने बेलामा लापरवाही : के कोरोनालाई यसैगरी पराजित गर्न सकिन्छ ?

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

फणिन्द्र नेपाल

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा पछिल्लो समय सरकारले हात झिकेको हो कि भन्ने अनुभूति सर्वसाधारणले गरिरहेका छन् । अस्पतालमा ‘कोभिड–१९’का संक्रमित बिरामीहरुका लागि तयार पारिएको आइसोलेसन बेड खाली नहुनु, होम आइसोलेसनमा रहेका बिरामीहरुको उपचारकै अभावमा मृत्यु हुनु, लक्षणसहितका गम्भीर बिरामीलाई मात्र उपचारका लागि अस्पताल आउन सरकारले आग्रह गर्नु र पिसिआर परीक्षणको रफ्तार बढाउन नसक्नुजस्ता कारणले कोरोना महामारीलाई अब ‘भगवान् भरोसा’ नै छाडिएको त होइन भन्ने प्रश्न उठ्न थालेको हो ।

जनस्वास्थ्यविद् डा.शरद वन्तका अनुसार कोभिड–१९ को समग्र प्रकोपका दुईवटा पाटा छन् । एउटा पाटो संक्रमण विस्तारलाई रोक्ने हो भने अझ जटिल अर्कोे पाटो भनेको संक्रमितहरुको व्यवस्थापन गर्ने कुरा हो । त्यसबाहेक राज्यले पीडितहरुलाई अन्य सपोर्टहरु जस्तो, रोजगारी, भोकमरीलाई मध्यनजर गरेर पनि काम गर्नुपर्ने उनले बताए ।

पीडितहरुलाई रोजगारी, दुई छाक टार्ने समस्याजस्ता कुरालाई एकैछिन छाड्ने हो भने पनि संक्रमण विस्तार रोक्ने तथा संक्रमितको व्यवस्थापन गर्ने यी दुई अत्यन्तै महत्वपूर्ण पाटोलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ । ‘केहीसमय अघिसम्म संक्रमितको संख्या थोरै रहेका कारण संक्रमणको विस्तारलाई रोक्ने प्रयास यथेस्ट हुनसक्थ्यो,’ उनले भने, ‘व्यवस्थापन गर्न जटिल नभएको त्यो बेला पूर्वतयारीका साथ काम गर्न सकेको भए, संक्रमणको विस्तारलाई रोक्न प्रभावकारी पहलकदमी भएको भए यो संक्रमण रोक्न सायद हामीसँग अवसरहरु थिए ।’ 

प्रकाशित मिति: : 2020-11-08 15:40:00

प्रतिकृया दिनुहोस्