कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ५ करोड पुग्न लाग्याे

बिएल संवाददाता

न्यूयाेर्क

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ५ करोड पुग् लागेकाे छ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पछिल्ला ७ दिनमा विश्वभर दैनिक रुपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

अहिले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ।

त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन्।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन्। यहाँ कोरोना संक्रमितको संख्या करिब एक करोड पुगेको छ। 

अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ। 

अमेरिकामा कोरोनाबाट २ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन्। 

शनिबार मात्रै अमेरिकामा एक लाख ३० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति: : 2020-11-09 11:20:00

प्रतिकृया दिनुहोस्