बारामा आगलागी हुँदा ७ फुसको घर जलेर नष्ट

बिएल संवाददाता

काठमाडाै‌ं

बारामा आगलागी हुँदा ७ वटा फुसको घर जलेर नष्ट भएको छ।

सोमबार साँझ ४ बजेतिर कलैया उपमहानगरपालिका २४ सखुईका शोभालाल चौधरीको घरमा लागेको आगो अनियन्त्रित भएर सल्किँदा छिमेकी टकुल महतो ,रामअवतार चौधरी ,शिशुपाल चौधरी , रामकिशोर चौधरी र करीखा थारुको घर जलेर नष्ट भएको हाे। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार अन्दाजी ८५ लाखको क्षति भएको छ।

आगेलाई दमकलको मद्दतमा प्रहरी र स्थानीय बासिन्दाले सवा ७ बजे नियन्त्रणमा लिएका थिए। 

आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-10 15:25:00

प्रतिकृया दिनुहोस्