बत्ती किन झ्यापझ्याप ?

शिलापत्र

काठमाडाैं

दु:खद संयोग नै मान्नु पर्छ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट जब कुलमान घिसिङ विदाइ भए तब विद्युतमा समस्या बढ्न थालेको छ । विद्युत् प्रधिकरणका अधिकारीहरूको भाषामा लोडसेडिङ नभइ प्राविधिक त्रुटीको कारण समस्या आएको छ ।

पछिल्लो दुई महिनादेखि काठमाडौं उपत्यकाका उपभोक्ताले दिनमै दुई/तीन पटकसम्म विद्युत् जाने आउने समस्या खेपेका छन् । विद्युत् आपूर्तिमा अवरोध हुँदा कतिपयले लोडसेडिङ हुने संकेत भन्दै  गुनासो गरेका छन् ।

कुलमानको घिसिङको विदाइपछिको दुई महिनाको अवधिमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको थियो भने सोमबारबाट हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइएको छ । मूल नेतृत्व नभएको कारण यस्तो समस्या अलिक बढी देखिएको प्राधिकरणका कतिपय अधिकारीको भनाई छ । 

'यो समस्या आज मात्रै होइन, हिजो पनि थियो अहिले अल्ली बढी गुनासो आउन भने थालेको छ,  नेतृत्व नहुँदाको समस्या यस्तै हो, मर्मत सम्भारका कामलाई तत्काल गर्ने कसरी नकाटी वा कम एरियामा प्रभाव पार्ने गरी काट्ने योजना बनाउनु पर्छ' प्राधिकरणका एक अधिकारीले भने 'नेतृत्वकै कारण पनि अहिले लोड व्यवस्थापनमा केही समस्या देखिएको छ ।'

प्राधिकरणका प्रवक्ता तथा निर्देशक मदन तिमिल्सिना भने लोड व्यवस्थापनमा चर्चा गरिएजस्तो समस्या नभएको बताउछन् । 'नियमित समस्या हैन केहिले काहिँ मर्मत सम्भारको कारण बत्ती काटिएको होला,' तिमिल्सिनाले भने । उनले मर्मत सम्भारको कारण हुने अवरोधलाई सहज रूपमा लिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: : 2020-11-10 17:52:00

प्रतिकृया दिनुहोस्