आमाहरूका लागि घरमै रोजगारी ल्याइदिने 'हिमाली'

सेतोपाटी

काठमाडाैं

लकडाउन भएको दुई महिना पुगेको थियो। एकदिन 'हिमालीः मेड बाइ मदर्स' कम्पनीका सह-संस्थापक सुवास पँगेनीलाई आफ्ना एक कर्मचारीको फोन आयो।

फोनमा कर्मचारीले सोधिन्, 'सुवास भाइ, कम्पनी कहिले खोल्ने?'

ती महिलाका श्रीमान विदेशमा थिए। महामारीबीच उनी उतै बितेछन्। श्रीमानको कमाइले घर चल्थ्यो। अब उनी आफैंले आम्दानी जुटाउनु पर्ने थियो।

उनीसँग अरू विकल्प थिएन, आफूले जानेको सिलाइबुनाईको काम गरी त्यसैबाट आएको रकमले घर धान्ने बाहेक।

'आम्दानीको स्रोत रोकिएपछि छटपटी हुन्छ। त्यस्तै भयो। दिदीलाई आफ्नै सिपको आडभर लागेपछि काम मलाई सम्झनुभयो,' सुवासले भने, 'काम थाल्न पाए दुई-चार सय कमाइ हुन्छ भन्ने आशा।'

ती महिलाजस्तै अन्य थुप्रै आमाहरूका लागि 'हिमाली' सहारा बनेको छ। उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेर 'हिमाली' गत वर्ष मात्रै खुलेको हो। सुवास र उनका साथी दिनकर नेपालले मिलेर यसलाई सञ्चालनमा ल्याएका हुन्।

यहाँ विशेषगरी स्याङ्जा चिसापानीका २० जना महिला आवद्ध छन्। उनीहरू ऊनीका सुइटर, गलबन्दी र टोपी बुन्छन्।

चिसापानी विकट भेगमा पर्छ जहाँका महिला पिछडिएका छन्। त्यस्ता महिलालाई आर्थिक सहयोग पुर्‍याउनकै लागि हिमाली सञ्चालनमा आएको सुवासले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-11 08:29:00

प्रतिकृया दिनुहोस्