३९ वर्षदेखि भारतीय जेलमा थुनिएका छन् एक नेपाली : न मुद्दाको ‘ट्रायल’ न अभियोगकै जानकारी  

हिमाल खबर

काठमाडाैं

भारतको जेलमा ३९ वर्षदेखि एक जना नेपाली थुनिइरहेको तथ्य नेपालको एक उच्च अदालतका पूर्व मुख्य न्यायाधीश र अर्का एक वरिष्ठ अधिवक्ताले उजागर गरेका छन्। अनौठो त के भने अदालतमा स्वच्छ सुनुवाइबेगर ३९ वर्षदेखि जेलमा थुनिएका उनीमाथि लगाइएको अभियोग नै खुल्नसकेको छैन। 

उनको नाम दीपक जोशी हो। भारतको कोलकातास्थित कारागार 'दमदम सेन्ट्रल करेक्सनल होम’मा बन्दी जीवन बिताइरहेछन् उनी। भारतीय जेलमा उनको बन्दी जीवन शुरु भएको ठ्याक्कै ३९ वर्ष पुग्यो।

हामीले यहाँ उनको चर्चा गर्नुको कारण दीपक नेपाली नागरिक हुन्। उनले दिएका र हामीलाई प्राप्त तथ्य र प्रमाण अनुसार उनको घर इलाम हो। सन् १९८१ मा भारतको दार्जीलिङबाट पक्राउ परेका उनी त्यसयता भारतमै जेल जीवन बिताइरहेछन्। दीपकलाई कोलकाताको 'दमदम सेन्ट्रल करेक्सनल होम’मा राखिएको चाहिं पछिल्लो १५ वर्षयता हो। अनौठो के छ भने दीपक कुन आरोपमा पक्राउ परेका थिए र चार दशकदेखि कुन अभियोग लगाएर जेलमा राखिएको हो भन्ने खुलेको छैन। सबभन्दा गम्भीर कुरा, उनले अहिलेसम्म अदालतमा स्वच्छ सुनुवाको मौका नै पाएका छैनन्।

 

प्रकाशित मिति: : 2020-11-11 08:40:00

प्रतिकृया दिनुहोस्