कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।

लम्की चुहा नगरपालिका ३ गोराङ्गेमा से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको अझै सनाखत हुन सकेको छैन।

बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

महिलाको शव अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: : 2020-11-12 13:17:00

प्रतिकृया दिनुहोस्