सिमा विवादमा सेनापति थापाले भारतीय सेनाप्रमुखसँग राखेका चार बुँदा के थिए ?

काठमाडौं : नेपालले नयाँ नक्सा सार्वजनिक गर्नु दुई साताअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक एकपक्षीय रुपमा निर्माण गरेर वैशाख २६ गते 'लकडाउनको मौका'मा उद्घाटन गर्‍यो। नेपालसँग सामान्य परामर्श पनि नगरीकन निर्माण गरिएको यो सडकको स्वभाविक रुपमा नेपालमा व्यापक विरोध तथा आलोचना भयो। 

यसैबीच भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले नेपालमा भइरहेको विरोधबारे एउटा राजनीतिक अभिव्यक्ति दिए। चीनको आडमा त्यस्तो विरोध भएको आशयसहितको प्रतिक्रिया दिएपछि उनी विवादमा तानिए। 

भारतीय सेनापतिबाट त्यस्तो अभिव्यक्ति आएपछि नेपाली सेनापतिले पनि त्यसमा बोल्‍नुपर्ने वा 'काउन्टर दिनुपर्ने' भन्दै दबाबयुक्त बहस चल्यो। सिमा विवादमा सेना चुप लागेको गुनासो र आरोप पनि जंगीअड्डाले खेप्‍नुपर्‍यो।  तर प्रधानसेनापति पूर्णचन्द्र थापाले 'उपयुक्त समयमा उपयुक्त फोरममा आफूले यसबारे कुरा राख्‍ने' बताए र तत्काल केही प्रतिक्रिया दिएनन्। पेसागत मर्यादा र जिम्मेवारीको संवेदनशिलताका कारण उनको यो कुटनीतिक मौनता स्वभाविक थियो र अर्थपूर्ण पनि थियो। तर सार्वजिनक रुपमा व्यक्त गरेको प्रतिवद्धता पुरा गर्ने मौका उनी पर्खिरहेका थिए।

भारतीय सेनापतिको हालै सम्पन्‍न तीन दिने भ्रमणको अवसरलाई निकै सतर्कताका साथ उपयोग गर्दै सेनापति थापाले  त्यो प्रतिबद्धता पुरा गरेका छन्। भारतीय समकक्षीसँग सिमा विवादबारे स्पस्ट दृष्टिकोण राखेका छन्। जंगीअड्डाको उच्च स्रोतले भन्यो, 'सेना प्रमुखसँगको भेट वार्तामा सेनापतिले आफ्नो क्लियर पोजिसन राख्‍नुभएको छ।' 

केही अलमल र तनावपछि ढिलो गरी काठमाडौं आएका समकक्षी पाहुनालाई न्यायो स्वागत गर्नुपर्ने दायित्व एकातिर थियो भने अर्कोतिर सिमा विवादमा उनले दिएको अभिव्यक्तिलाई सम्झाउँदै आफ्नो पोजिसन राख्‍नुपर्ने अवस्था  पनि थियो। यी दुवै कामलाई कुटनीतिक सतर्कताका साथ पुरा गरेका छन्। भारतीय सेनाप्रमुखको स्वागत सत्कारमा पनि कुनै कमी 'फिल' नहुने गरी आफूले दिनुपर्ने सन्देश पनि पर्याप्त रुपमा दिएको जंगीअड्डाको दाबी छ। 

कात्तिक १९ गते तीन दिने भ्रमणका लागि नेपाल आएका भारतीय सेना प्रमुखको पहिलो दिन औपचारिक कार्यक्रम थिएन। तर त्यो दिन उनको सेनापतिसँग अनौपचारिक भलाकुसारी भयो। दोस्रो दिन बिहानदेखि नै नरवणे सैनिक मुख्यालयमा व्यस्त भए। जंगीअड्डमा सामूहिक र दुई सेना प्रमुखहरूबीच एक्लाएक्लै पनि औपचारिक  वार्ता चल्यो। त्यही दिन बेलुका सेनापतिले समकक्षीको सम्मानमा आयोजना गरेको विशेष रात्रीभोज (ब्याङक्‍वेट) मा भएको अनौपचारिक कुराकानी अर्थपूर्ण थियो। त्यहाँ पूर्व सेनापतिहरू पनि सहभागी थिए।

प्रकाशित मिति: : 2020-11-12 16:54:00

प्रतिकृया दिनुहोस्