हेटौंडामा बस र ट्रक ठोक्किँदा एकको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा यात्रुवाहक बस र मालवाहक ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब २ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रक आपसमा ठोक्किँएका हुन्। 

दुर्घटना सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

मृतक बसमा सवार यात्रु हुन्। उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ३ बजे मृत्यु भएको प्रनाउ रानाले जानकारी दिए।

बसमा सवार अन्यको अवस्था सामान्य रहेको छ। 

प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: : 2020-11-13 12:14:00

प्रतिकृया दिनुहोस्