फुटपाथमा कार पार्किङ गर्नेलाई नछुने महानगर दिनदिनै लखेट्छ चटपटे बेच्नेलाई

लेकसाइडको बाराहीघाटमा पानी बेच्न बसेकी पदममाया आले कात्तिक २० गते दिउँसो अचानक भागदौड गर्न थालिन्।

फेवाताल हेर्न आउने पर्यटकलाई बेच्न राखेको पानीलगायत पेय पदार्थ र अन्य सामग्री हतार–हतार लुकाइन् र आफू पनि लुकिन्।

उनलाई यो सब काम गर्न सघाउँदै थिइन्- ११ वर्षीया खुशी पुलामी मगर।

कक्षा ५ मा पढ्ने खुशीको स्कुल कोरोनाले खुलेको छैन, आमालाई दिनहुँ पानी बेच्न सघाइरहेकी छिन्।

पानीको बोतल लुकाउन र आफू लुक्न खुशीले पनि अहिले जानिसकेकी छिन्।

उनीहरूको भागदौड मच्चिनुका कारण क्षणभरमै खुल्यो, जब नगर प्रहरी लेकसाइडमा डुल्न आए।

प्रकाशित मिति: : 2020-11-13 13:02:00

प्रतिकृया दिनुहोस्