बंगलादेशसँग हार्‍यो नेपाल

नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसँग हार ब्यहोरेको छ। 

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो।

पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि गोल खाँदै हार बेहोर्न पुग्यो। 

नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो। नविद जीवनले गोल गर्दै गह्रेलु टोलीलाई अग्रता दिलाए। 

पहिलो हाफमा १-० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्कीलाई मैदान प्रवेश गराएको थियो।

८० औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍याे। महबुबुर रहमानले वन भर्सेस वन अवस्थामा गोल गरे। 

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो। कोरोना भाइरसको महामारीपछि खेलमा फर्कन दुवै टोलीले मैत्रिपूर्ण खेल खेलेका हुन्।  

 दुई वर्षअघि यी दुई टोलीबीच भएको अन्तिम भिडन्तमा नेपाल २-० गोलले विजयी भएको थियो। २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो।

यस्तै नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो। बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो। त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा 

बंगलादेश र नेपालबीच दोस्रो मैत्रिपूर्ण खेल मंसिर २ गते हुनेछ।

 सिरिजको उपाधि जित्न नेपालले कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ। बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ।

प्रकाशित मिति: : 2020-11-13 19:03:00

प्रतिकृया दिनुहोस्