भीडभाड हुने मुख्य व्यापारिक क्षेत्रमा ट्राफिक प्रहरीले सुरक्षा जाँच बढाउने

बिएल संवाददाता

काठमाडाै‌ं

ट्राफिक प्रहरीले काठमाडाैं उपत्यकामा चाडपर्व लक्षित भीडभाड बढ्ने अनुमानसहित मुख्य व्यापारिक केन्द्रहरुमा ध्यान केन्द्रीत गरेको छ।

तिहारका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्नेको संख्या धेरै रहेकाले चाडपर्व सुरक्षा योजनाअनुसार उच्च सतर्कता अपनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालका अनुसार कालिमाटी, सुन्धारा, न्युरोड, बल्खु, कलंकी, इन्द्रचोक, भोटाहिटी, पुरानो बानेश्वर, कोटेश्वर, लगनखेललगायत क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरिएकाे छ।

यस्तै सुरक्षालाई थप मजबुत बनाउन ७ सय ३९ जना जनशक्ति थप गरिएको छ।

यस्तै काठमाडाैंबाट बाहिर जानेको संख्या बढेसँगै बसपार्क र भीडभाड हुने ठाउँहरुमा जनशक्ति परिचालन गरिएको  छ। 

यस्तै द्रूत गतिमा गाडी चलाउने, ठूलाे हर्न बजाउने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने र नम्बर प्लेट नबुझिने गाडीहरुलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-11-14 08:43:00

प्रतिकृया दिनुहोस्