मोदीको ‘च्वाइस’ ट्रम्प, बाजी मारे बाइडेनले : भारत–अमेरिका सम्बन्धले नयाँ मोड लेला ?

रातोपाटी

काठमाडाै‌

अन्धराष्ट्रवाद, अल्पसंख्यकप्रतिको भेदभावपूर्ण, दमनकारी र चरम उदासीन नीति तथा छिमेकीहरुसँगको कटुतापूर्ण सम्बन्धः यस्ता थुप्रै कुराहरु छन्, जसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री दामोदर नरेन्द्र मोदी बीचमा अनौठो समानता पाइन्छ ।

सम्भवतः तिनै समानताहरुको योगले पनि हुन सक्छ, ट्रम्प र मोदीका बीच अनौठो ‘दोस्ती’ समेत रहेको देखिन्छ । कतिसम्म भने, केही समयअघि अमेरिकाको हुस्टन शहरमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रम मोदीले ‘अब फेरि पनि अमेरिकामा ट्रम्पले जित्नेछ, जित्नुपर्छ’ भन्ने आशयको उद्घोष नै गरे ।

अमेरिकी चुनावमा आर्थिक र जनसांख्यिक हिसाबले पनि बलियो उपस्थिति राख्ने भारतीय मूलका मतदाताहरुलाई लक्षित गरी मोदीले गरेको त्यो सम्बोधनलाई त्यसबेला अर्थपूर्ण मानिएको थियो र त्यसको अन्तर्यः पनि भारतीय मूलका मानिसहरुले आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउनुपर्छ र उनको जितमा भारतको हित छ  भन्ने नै थियो ।

प्रकाशित मिति: : 2020-11-17 10:09:00

प्रतिकृया दिनुहोस्