भरतको कप्तानीमा नेपाली टाेली मैदान उत्रिँदै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल र बंगलादेशबीचको दोस्रो तथा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलकाे सुरुवाती ११ घोषणा भएको छ।

प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गरेका छन्। गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन्। 

उनले डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ ल्याएका छन्। छिरिङले यससँगै डेब्यु गरेका छन्।

डिफेन्समा अनन्त तामाङ, विकास खवासले छन्। सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा समाबेश भएका छन्।

मिडफिल्डमा एरिक विष्ट र तेज तामाङ रहेका छन्। विंगर दर्शन गुरुङले स्थान बनाएका छन्। यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ छन्।

फरवार्डमा नवयुग श्रेष्ठको स्थानमा भरत खवासले स्थान बनाएका छन्। यसपटक भरतलाई कप्तानीकाे जिम्मेवारी दिइएकाे छ।

अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए।

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ।

शुक्रबार भएको पहिलो खेलमा पराजित नेपाल  २-० ले पराजित भएकाे थियाे। सिरिजको उपाधि जित्न नेपालले आज कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ। 

बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ।

नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो। 

बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो। त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी खेलेकाे थियाे। तर २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो नेपालले।

नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास

प्रकाशित मिति: : 2020-11-17 16:37:00

प्रतिकृया दिनुहोस्