इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलकाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

पोर्चुगलले यूईएफए नेसन्स लिगमा क्रोएसियालाई ३-२ ले पराजित गरेको छ। 

समूह ए३ अन्तर्गतको अन्तिम खेल ३-२ ले पराजित गरेको हाे।

२९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो। 

५१औँ मिनेटमा क्रोएसियाका मारको रोगले दोहोरो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो। 

त्यसको २ मिनेट नबित्दै पोर्चुगलका डिफेन्डर रुबेन डियासले खेल बराबरमा ल्याए।

६१ औँ मिनेटमा डिओगो जोटाको पासमा जोआओ फेलिक्सले गाेल गर्दाे पोर्चुगललाई २-१ काे अग्रता दिलाए। 

तर त्यसको ४ मिनेटपछि नै कोभाचिचले खेल बराबरीमा ल्याए।

निर्धारित समयको अन्तिम मिनेटमा बर्नार्डो सिल्भाको क्रसमा रुबेन डियासले गोल गर्दै ३-२ ले पोर्चुगललाई जित दिलाए।

फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गरेकाे छ। पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा छ। क्रोएसिया र स्विडेनको समान ३/३ अंक छ।

प्रकाशित मिति: : 2020-11-18 07:09:00

प्रतिकृया दिनुहोस्