नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई दिइन् किताब उपहार

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।

उनले मंगलबार राति ओलीसँग भेटवार्ता गरेकी हुन्। उनीहरूबीच करिब डेढ घण्टासम्म कुराकानी भएको थियो। 

भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले लेखेको किताब उपहार दिएको दूतावास स्रोतले जनाएकाे छ।

‘भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भयो। राजदूत यान्छीले राष्ट्रपति सीले लेखेको किताब प्रधानमन्त्री ओलीलाई उपहार दिनुभयो,’ स्रोतले भन्यो। 

नेकपा सचिवालय बैठक बस्ने अघिल्लो दिन भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको थिए।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन्।

अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ। 

साउनमा पनि नेकपा विवाद भएको बेला राजदूत यान्छीले नेकपा शीर्ष नेताहरूलाई घरमै गएर भेटेकी थिइन्। 

प्रकाशित मिति: : 2020-11-18 12:35:00

प्रतिकृया दिनुहोस्