पश्चिम सेतीका बासिन्दा भन्छन् : अब परियोजनाको नाम लिएर भोट माग्न आए लखेट्छौ

शिलापत्र

डडेल्धुरा
तस्बिर : शिलापत्र

शेर भण्डारी

निर्वाचनको समयमा यहाँका नेताहरूले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण हुने भनेर आश्वासन बाँड्छन् । निर्वाचनमा हरेक राजनीतिक दलका उमेद्वारको जिब्रोमा पश्चिम सेती जलविद्युत्को नारा झुण्डिन्छ ।  

३० वर्षदेखि राजनितिक दलले पश्चिम सेतीलाई भोट बैंक बनाए । तर, निर्वाचन जितिसकेपछि भने नेताहरू पश्चिम सेतीलाई चटक्कै बिर्सिन्छन् । यो क्रम अझै पनि निरन्तर चल्दै आएको छ । गृह जिल्लामा निर्वाचनको समयमा मात्रै पुग्ने कांग्रेस सभापति शेरबहादुर देउवाले त झन् अहिलेसम्म चुनाव जित्नुको कारण पश्चिम सेती नै हो ।

पश्चिम सेतीकै नारालाई अगाडि लिएर चुनावी मैदानमा होमीने देउवा पटकपटक निर्वाचित भएर देशको बागडोर सम्हालिसकेका छन् । तर, अहिलेसम्म उनले चुनावमा दिएको पश्चिम सेतीको सपना पूरा गर्न सकेका छैनन् ।

पश्चिम सेतीको नाम लिएर चुनावमा भोट माग्न धेरै नेताहरू आएको तर अहिलेसम्म कसैले पनि पूरा गर्न कोसिससम्म नगरेको सिगास गाउँपालिका-५ का स्थानीय चक्रबहादुर महराले बताए । यो आयोजनाकै कारण आफूहरूले शुद्ध खानेपानीसमेत पिउन नपाएको उनको गुनासो छ । 

‘पश्चिम सेती सरकारले बनाउन सक्दैन । हामीहरूको भोट खेर गयो । अब जसले पश्चिम सेतीको नाम लिएर गाउँमा भोट माग्न आउँछ त्यसलाई लखेट्छौ,’ उनले भने, ‘अब हामी जनताहरू पश्चिम सेती नबनाउँ भनेर सरकारलाई भन्छौँ ।’ 

प्रकाशित मिति: : 2020-11-18 13:39:00

प्रतिकृया दिनुहोस्