कहिले खुल्छ चलचित्र क्षेत्र ?

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

 

कुवेर गिरी

कोरोना भाइरस (कोभिड –१९)को त्रास दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसको संक्रमण नेपालमा पनि बढ्दो अवस्थामा छ । नेपालका कोरोनाभाइरसको संक्रमण देखिएलगत्तै सरकारले संक्रमण रोकथामका लागि विभिन्न मेला, महोत्सव, पार्टी, फिल्म क्षेत्रलगायत भिडभाड हुने गतिविधिमा रोक लगाएको थियो । तीमध्ये अधिकांश क्षेत्र अहिले खुले पनि फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । जसका कारण फिल्मका छायांकनदेखि रिलिजसम्मका सबै गतिविधि लगभग ठप्प छन् भने फिल्म क्षेत्रले ठूलो घाटा व्यहोर्नु परेको छ । यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् ।

लामो समयदेखि फिल्म क्षेत्र बन्द रहँदा कामबिहीन भएका कतिपय कलाकार र प्राविधिकहरुको दैनिक गुजारामै समस्या देखिन थालेको छ । लकडाउनका कारण रोकिएका, घोषणा गरेर छायांकन तयारीमा रहेका, निर्माण पूरा भएर प्रदर्शनका लागि तयार थुप्रै फिल्म अलपत्र परेका छन् ।

यातायात, होटल, उद्योग व्यवसायलगायत सबै क्षेत्र खुलिसक्दा पनि किन खुल्न सकेन फिल्म क्षेत्र ? हामीले फिल्म क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग यो प्रश्नलाई जिज्ञासाको रुपमा राखेका छौँ । प्रस्तुत छ, उनीहरुको धारणा जस्ताको तस्तै–

प्रकाशित मिति: : 2020-11-19 13:07:00

प्रतिकृया दिनुहोस्