महिलामा हुने ‘सर्वाइकल क्यान्सर’ को रोकथामका लागि डब्ल्यूूएचओ आक्रामक

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा फैलिदो सर्वाइकल क्यान्सर (गर्भाशयको तल्लो भाग जसले योनीलाई जोड्ने गर्छ) को समस्यालाई निर्मूूल पार्न विश्वव्यापी अभियान सञ्चालन गर्ने भएको छ। 

नेपाललगायत १ सय ९४ देशमा सर्वाइकल क्यान्सरको जोखिम उच्च छ। नेपाल जस्तो अविकसित, रुढीवादी परम्पराले गाँजेको तथा राज्यको स्वास्थ्य नीति नै फितलो भएको देशमा सर्वाइकल क्यान्सरको अवस्था कमजोर मानिन्छ।  

तर, यसमा पनि भारतको अवस्था निकै दयनीय छ। चीनपछि विश्वमा सर्वाधिक १ सय ३० करोड जनसंख्या भएको भारतमा यो रोगको अवस्था भयावह मानिन्छ। 

नेपालमा राम्रो उपचार नहुने तथा पिडित महिलाहरू अस्पतालसम्म नपुुग्ने कारण कति संख्यामा नेपाली महिलाहरू यो रोगबाट पिडित छन्, त्यसको यकिन तथ्यांक कसैसँग छैन। 

तर, चीन र भारतलाई मिलाउँदा एक चौथाईं महिलाको यही रोगका कारण निधन हुने गरेको छ।
 
डब्ल्यूुएचओको हालै सम्पन्न एक गोष्ठीले सन् २०५० सम्म सर्वाइकल क्यान्सरलाई नियन्त्रणमा ल्याउने सहमति भएको छ। यसमा १ सय ९४ देश कै सहमति छ। 

डब्ल्यूएचओले सर्वाइकल क्यान्सरलाई निर्मूूल गर्न यसको भ्याक्सिन, स्क्रिनिङ र ट्रिटमेन्टमा बढी ध्यान दिने बताएको छ। 

‘१ सय ९४ देशका १५ वर्ष उमेरका ९० प्रतिशत किशोरीलाई सन् २०३० सम्म भ्याक्सिन उपलब्ध गराइने छ, जसका कारण क्यान्सर बनाउने ह्युुमन पेपिलोमा भाइरस (एचपीभी) लाई समयमै रोक्न सकियोस्,’ डब्ल्यूएचओको रिपोर्टमा उल्लेख छ। 

रिपोर्टमा ३५ वर्षमाथिका ७० प्रतिशत महिलामा ‘हाई परफरमेन्स स्क्रिनिङ’ गरिने बताइएको छ। यस्तै क्यान्सर रोकथामका लागि ४५ वर्षभन्दा माथिका ९० प्रतिशत महिलाको पनि चेकअप गरिने तथा कुुनै समस्या देखिएको खण्डमा तुरुन्त उपचार उपलब्ध गराउने बताएको छ। 

सन् २०१८ मा मात्र ५ लाख ७० हजार नयाँ सर्वाइकल क्यान्सर पिडित थपिएका थिए। जसमा ३ लाख ११ हजार महिलाको निधन भएको थियो। सर्वाइकल क्यान्सर महिलाहरूमा हुने चौथो ठूलो क्यान्सर हो। 

२०१८ मा चीनमा १ लाख ६ हजार तथा भारतमा ९७ हजार नयाँ पिडित थपिएका थिए।  जसमा चीनमा ४८ हजार र भारतमा ६० हजारको निधन भएको थियो।

प्रकाशित मिति: : 2020-11-20 17:09:00

प्रतिकृया दिनुहोस्