कमेडियन भारती सिंहलाई ६ महिना जेल हुनसक्ने

ड्रग्स मुद्धामा हाँस्य कलाकार भारती सिंह पक्राउ परेकी छिन्। उनलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछको लागि बोलाएको थियो। 

शनिबार उनको घरमा छापा हान्ने क्रममा ८६ दशमलव ५ ग्राम गाँजा बरामद भएको थियो। उनले एनसीबीसँगको सोधपुछमा आफू र आफ्नो श्रीमान हर्ष लिनबाचियाले गाँजा सेवन गर्ने गरेको स्विकार गरेकी छिन्। 

भारती र उनको श्रीमानलाई एनसीबीले आइतबार पक्राउ गरी जेल पठाउन लागेको हो। उनलाई  बिहान मेडिकल परीक्षणका लागि सायन अस्पताल पुर्‍याइएको छ। 

एनसीबीले शनिबार भारतीसँग साढे तीन घण्टा सोधपुछ गरेको थियो। भारतीय पत्रिकाका अनुसार एनसीबीले भारती र उनको श्रीमान हर्षलाई ड्रग पेडलरअगाडि बसाएर पनि प्रश्न सोधेको थियो। यसपछि उनीहरूले गाँजा पिउने गरेको स्विकार गरेका थिए। 

ड्रग पेडलरले शुक्रबार पहिलो पल्ट भारतीको नाम एनसीबीसमक्ष लिएका थिए। यसपछि एनसीबीले उनको अन्धेरीस्थित लोखण्डवाला र वर्सोवाको घर तथा कार्यालयमा छापा हानेको थियो।

जुन परिमाणमा गाँजा बरामद भएको छ, त्यसलाई हेर्दा उनलाई ६ महिना जेल तथा १० हजार जरिवाना हुनसक्ने छ।

प्रकाशित मिति: : 2020-11-22 11:51:00

प्रतिकृया दिनुहोस्