वर्षमा २२ करोड कमाईं थियो कमेडियन भारतीको

कमेडियन भारती सिंहको बार्षिक कमाईं २२ करोड भारतीय रुपैयाँ रहको खुलासा भएको छ। उनी भारतमा महंगो कमेडियन मानिन्छिन्।

एउटा सामान्य सो गरेबापत पारिश्रमिकको रूपमा ५–६ लाख रुपैयाँ लिने भारती ड्रग्स मुद्धामा फस्नुअघि इन्डियाज बेस्ट डान्सर र कपिल शर्मा सो सँग जोडिएकी थिइन्। 

इन्डियाज बेस्ट डान्सरमा उनी श्रीमान हर्षसँग मिलेर कार्यक्रम सञ्चालन गर्थिन्। 

सन् २०१८ मा फोर्ब्स इन्डियाले सार्वजनिक गरेको सूचीमा उनी ७४ औं वरियतामा थिइन। त्यतिबेला उनको आम्दानी १३ करोड थियो। अहिले लगभग ८० प्रतिशत उनको आम्दानी बढेको बताइएको छ। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गत शनिबार उनको घरमा छापा हान्दा गाँजा बरामद गरेको थियो। हाल भारती र उनका श्रीमान हर्ष ४ डिसेम्बरसम्म कानुनी हिरासतमा रहनेछन्। 

ड्रग्स मुद्धामा उनीहरूसँग काम गर्ने अन्य मानिससँग पनि सोधपुछ हुने बताइएको छ। अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणबाट सुरु भएको ड्रग्स मुद्धामा विगत ३ महिनादेखि एनसीबीले छानवीन गरिरहेको छ। 

एनसीबीले हालसम्म दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान, अर्जुन रामपाल, फिरोज नाडियावाल जस्ता स्टारसँग सोधपुछ गरिसकेको छ। हाल दुई दर्जनभन्दा बढी मानिस पक्राउ परेका छन्। 

सुशान्तको प्रेमिका रिया चक्रवर्तीका भाई शौविक अहिले पनि हिरासतमै छन्।

प्रकाशित मिति: : 2020-11-23 09:10:00

प्रतिकृया दिनुहोस्