च्याम्पियन्स लिग: डिनामो किभविरुद्ध खेलमा मेसी टिममा परेनन्

बिएल संवाददाता

काठमाडाै‌ं

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा कप्तान लिओनल मेसीललाई नखेलाउने भएका छन्। 

बार्सिलोनाले बुधबार युक्रेनी क्लब डिनामो किभसँग प्रतिस्पर्धा गर्दैछ।

तर प्रशिक्षक  कोएमनले मेसीबिनै टोली घोषणा गरेका छन्। 

टाेलिकाे फरवार्ड लाइन एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले, मार्टिन ब्रेथवेइट, ट्रिनकाओले सम्हाल्नेछन्।

 डेम्बेलेलाई पनि शनिबार एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोट लागेको थियो। तर उनी टिममा समावेश छन्।

डिफेण्डर जेरार्ड पिके, फरवार्ड अंशु फाती र डिफेण्डर सर्जि रोवर्टो यसअघि चोटका कारण टिमबाट बाहिर रहेका छन्।

पछिल्लो समय खेलाडीको चोटले सताइएको छ बार्सिलोनालाई। डिफेण्डर जेरार्ड पिके, फरवार्ड अंशु फाती र डिफेण्डर सर्जि रोवर्टो यसअघि चोटका कारण टिमबाट बाहिर रहेका छन्।

प्रकाशित मिति: : 2020-11-23 18:30:00

प्रतिकृया दिनुहोस्