ओली–देउवा राजनीतिक सम्बन्ध : माया बैगुनी, नभई नहुनी !

रातोपाटी

काठमाडौं

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटको चर्चा चुलिँदो छ । त्यसो त, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताबीचको भेटघाटलाई सामान्य रुपमा लिन सकिने भए पनि सत्तारुढ दलभित्र बढ्दो कलहबीच भएको उक्त भेटवार्तालाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टी फुटिहाल्यो भने देउवासँग सत्ता साझेदारी गर्न प्रस्ताव गरेको हुन सक्ने आशंका नेकपाभित्रै कतिपयले गरिरहेका छन् । काँग्रेस वृत्तमा भने नेकपा विवादमा ओलीलाई साथ दिएर संवैधानिक नियुक्तिहरूमा देउवाले ठूलो हिस्सा लिन खोजेको आशंका छ । यसअघि संकटमा ओलीलाई ढाडस दिएर देउवाले आफ्नो दुनो सोझ्याउने गरेको आरोप काँग्रेसभित्रैबाट लाग्दै आएको छ ।

देउवा र ओलीबीच गत वैशाख १२ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । त्यतिबेला पनि नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको थियो । ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित 

प्रकाशित मिति: : 2020-11-23 23:49:00

प्रतिकृया दिनुहोस्