आइसीसी एसोसिएट ‘प्लेयर अफ दी डिकेड’का दाबेदार पारस

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन्।

आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो। ६ जना खेलाडीको सूचीमा नेपालका खड्का पनि छन्। 

पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा छन्। 

उनी सन् २००९ देखि एक दशक सिनियर राष्ट्रिय टोलीको कप्तान रहेका पारसले नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यतासम्म पुर्‍याएका थिए। 

सन् २०१० सम्म आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभमा रहेको नेपालले डिभिजन फोर, डिभिजन थ्री, डिभिजन टु हुँदै विश्वस्तरको छनोटसम्मको यात्रा तय गर्‍यो। पारसको कप्तानीमा नेपालले पहिलो पटक टि२० विश्वकप २०१४ मा खेलेको थियो।

३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन्। उनी डेढ दशकयता नेपाली सिनियर राष्ट्रिय टोलीमा छन्। ४० लिस्ट ए खेल खेल्नेक्रममा तीन सतक र ९ अर्धसतक बनाएका छन्। कप्तानीबाहेक पारसका नाममा थुप्रै राष्ट्रिय कीर्तिमान छन्।

सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसीसीले तत्कालीन एसोसिएट सदस्यद्वय आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट मान्यता दिने निर्णय गरेपछि नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेकाे थियाे।

उनले गत वर्ष मात्र कप्तानबाट सन्यास लिएका थिए। 

आइसीसीका एसोसिएट सदस्यका खेलाडीमध्ये सन् २०१० देखि २०१९ को बीचमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइनेछ। विजेताको टुंगो भोटिङबाट हुने आइसीसीले जानकारी दिएको छ। भोटिङ खुला भइसकेको छ।

आइसीसीले पुरुष प्लेयर अफ द दशकमा भारतीय स्पिनर रविचन्द्रन आश्विन, कप्तान विराट कोहली, इंग्ल्यान्डका जो रुट, दक्षिण अफ्रिका एबी डिभिलियर्स, श्रीलंका कुमार संगाकारा, अष्ट्रेलिया स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियम्सनको नाम मनोनित सूचिमा परेका छन्।

आइसीसीको मेन्स ओडीआई प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली, रोहित शर्मा र महेन्द्रसिंह धोनी, श्रीलंकाका लासिथ मालिंगा, अस्ट्रेलियाका मिचेल स्टार्क, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स र श्रीलंकाका कुमार सांगाकारा छन्।

आइसीसीको मेन्स ओडीआई प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली, इङ्ल्यान्डका जोए रुट ,अस्ट्रेलियाका स्टिभ , इङ्ल्यान्डका जेम्स एन्डर्सन, न्युजिल्यान्डका केन विलियमसन,  श्रीलंकाका रंगना हेराथ र पाकिस्तानका यासिर शाह छन्।

आइसीसीको मेन्स टीट्वेन्टी अन्तर्राष्ट्रिय प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली र रोहित शर्मा, अफगानिस्तानका रसिद खान ,दक्षिण अफ्रिकाका इमरान ताहिर , अस्ट्रेलियाका एरोन फिन्च,  श्रीलंकाका लासिथ मालिंगा र वेस्ट इन्डिजका क्रिस गेल छन्।

प्रकाशित मिति: : 2020-11-24 19:35:00

प्रतिकृया दिनुहोस्