मूल्यमा किसानले धान बेच्न पाएनन्, सरकारको अनुगमन छैन

आयोमेल

विराटनगर
तस्बिर : आयोमेल

मिलन बुढाथाेकी

सुनसरीका किसानले धानको न्यूनतम मूल्यसमेत पाएका छैनन्। हरेक साल व्यापारीले भनेअनुसारको मूल्यमा धान दिन बाध्य किसान यो सालसमेत उही नियति भोगिरहेका छन्। 

किसानले भनेअनुसार धानको मूल्य नपाएको भन्दै सरकारले योपटक बेलैमा समर्थन मूल्य कायम गरेको थियो। तर, सरकारले तोकेको मूल्य अघिल्लो साल झैं यसपालि पनि किसानले नपाएको गुनासो गरेका छन् भने सरकारी निकायको अनुपस्थितिले बिचौलियाको मनोमानी चलिरहेको इटहरी–८ का किसान गोविन्द चौधरीले गुनासो गरे। 

चौधरीले अरूको एक बिघा जमिनमा वार्षिक ३५ मन धान दिने सहमतिमा खेती गरेका छन्। योबाहेक छिमेकीको फट्टफुट्ट धान खेती गर्ने उनको मुख्य आम्दानीको स्रोत नै धान हो। 

नजिकको खाद्य गोदाममा रहेका धान व्यापारीकोमा अघिल्लो साता धान पु¥याएका उनले मोटा धान प्रतिक्विन्टल २ हजार २ सय र मोटा मसिनो धान २ हजार २ सय ५० रुपैयाँमात्र पाए। 

जबकि, सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्यमा २ हजार ७ सय ३५ रुपैयाँ नघटाइ दिनुुपर्छ भने मोटा मसिनो धानलाई २ हजार ८ सय ८५ नघटाइ दिनुपर्छ। 

प्रकाशित मिति: : 2020-11-25 14:33:00

प्रतिकृया दिनुहोस्