भक्तपुरमा जिउँदो सालकसहित प्रहरी जवान पक्राउ

भक्तपुरमा जिउँदो सालकसहित दुई युवक पक्राउ परेका छन्। 

मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा जिउँदो सालक लिएर हिडिरहेको भन्ने सूचनाकाे आधारमा उनीहरुलाई सोमबार दिउँसो १ बजे पक्राउ गरिएकाे हाे। 

पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका-३ झार्लाङदीका २७ वर्षीय ध्रुबबहादुर मगर र ३१ वर्षीय सशस्त्र प्रहरीका जवान भिमबहादुर मगर रहेका छन्।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भिमबहादुरबाट सशस्त्र प्रहरी बलको परिचय पत्र समेत फेला पारेको छ। 

उनीहरूले बोकेको यूरिया मलको ५० केजीको बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक फेला पारेको जनाइएकाे छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय भक्तपुर पठाइएकाे छ।

प्रकाशित मिति: : 2020-11-25 17:49:00

प्रतिकृया दिनुहोस्