संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न

बिएल संवाददाता

काठमाडाै‌ं

पत्रकार महिलाका लागि संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम सकिएको छ।

हिजो (बुधबार)देखि सुरु भएको तालिमको अन्तिम दिन आज प्रदेशसभामा हुने संसद, केन्द्र र प्रदेश संसदको समन्वय, मुद्दाहरु, प्रदेश र केन्द्रमा संसदको विषयमा रिपोर्टिङ हुने भिन्नता, चुनौती लगायतका विषयमा छलफल भएको छ। 

छलफलमा यो क्षेत्रमा लामो समय कलम चलाउएका विषय विज्ञले प्रस्तुति राखेका थिए। 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक जगत नेपालले संसदको रिपोटिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौती लगायतका विषयमा आफ्नो धारणा राखेका थिए। अन्तरक्रियात्मक तरिकाले चलकेको उनको सत्र निक्कै प्रभावकारी भएको सहभागिले बताए। 

त्यस्तै उनले कानुन निर्माण प्रक्रिया, प्रतिनिधिसभा, राष्ट्रिय सभा, समिािका बैठक, विशेष समिति, कस्ता विषय समाचार बन्न सक्छन? एङगल के हुन सक्छ? कस्ता समाचारलाई प्राथमिकता दिने लगायतका विषयमा सहभागिलाई प्रस्ट्याएका थिए। 

यस्तै कार्यक्रममा संसदीय मामिला पत्रकार तथा न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक कृष्णा पौड्लले ससदीय समाचार सकलनमा लैगिक मुद्दा प्राथमिकताबारे आफ्नो प्रस्तुति दिएका थिए।  

संसदीय विषय रिपोटिङ गर्ने महिला पत्रकारको संख्या कम भएपनि पछिल्लो समय बढ्दै गएको र ससदमा प्रतिनिधित्व गर्ने महिलामा पनि पछिल्लो समय विभिन्न विषयमा प्रश्न र आवाज उठाउन सक्ने क्षमताको विकास हुँदै गएको बताए। 

यस्तै सम्पादकले रिपोर्टरबाट कस्ता समाचारको अपेक्षा गर्छन भन्ने विषयको सम्पादक र पत्रकारबीच भएको छलफलमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, इकाजग डट कमका प्रधान सम्पादक हरिबहादुर थापा र डब्लुडब्लुजेकी उपाध्यक्ष निर्मला आचार्य सहभागी थिए। 

यस्तै ससदीय निगरानी र समाचारको विविध दृषिका्णका बारेमा सघीय ससद सचिवालयका सचिव धुब्र घिमिरेले संसदको अवस्था र संसदीय तरिकाका विविध विषयमा पत्रकारहरुलाई जानकारी दिएका थिए। 

सो तालिम अन्तर्गत हिजो संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनैतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्ध, दलीय अन्तरकथाको समझ, परम्परा, नियमावली आदि, नेपालमा संसदीय व्यवस्थाको विकासक्रम, संघीय व्यवस्था, संविधान सभा र संघीय संसदको भिन्नता लगायतको विषयमा छलफल भएको थियो।

संसद सहयोग परियोजना, युएनडीपीको सहयोगमा डब्लुडब्लुजेको आयोजना भएको दुई दिने सो कार्यक्रममा सातै प्रदेशका ६० जना भन्दा बढी पत्रकार महिलाहरुले कार्यक्रम निक्कै प्रभावकारी भएको बताएका थिए।

कार्यक्रममा सांसद अष्टलक्ष्मी शाक्यले ०६२/६३ पछि बल्ल महिला सांसदहरुले आफ्ना भनाइ राख्न सहज भएको र संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताए। 

उनले महिला पत्रकारको संख्यात्मक उपस्थितिले मात्रै पुग्दैन, संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्ने विचार व्यक्त गर्दै हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दथे अहिले संसदीय मर्यादा र यसको दायरा व्यापक भएको अनुभव राखेका थिए। सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानूनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव दिए। 

यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राज बहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगायतका महिला सांसदहरुले बोलेका कुराहरु निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले पनि यसको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजनले थप सहयोग हुने बताए। 

नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थितिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले जानकारी दिए। 

यसको समाधान भनेको क्षमता अभिवृद्धि नै भएकोले पनि डब्लुडब्लुजे ले यो तालिमको आयोजना गर्न पाउँदा खुशी लागेको बताए।

प्रकाशित मिति: : 2020-11-25 21:24:00

प्रतिकृया दिनुहोस्