‘७२ प्रतिशत जनतालाई सरकारले नै खोप दिने योजना’

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

कोरोना महाव्याधिले सारा संसारलाई व्यथित र त्रसित बनाइरहेको बेला कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपहरुले तेस्रो चरणको क्लिनिकल ट्रायल पास गर्दा विश्वभर खुशीसँगै आशाका किरण छाएको छ । दर्जनभन्दा बढी कोरोनाविरुद्धको खोपका क्लिनिकल ट्रायल जारी छ । तीमध्ये कतिपयले तेस्रो चरणको परीक्षणमा ९० प्रतिशतभन्दा माथि सफलता हासिल गरेका खबरहरु पनि आइरहेका छन् । यो स्थितिबीच नागरिकहरुको जीवनरक्षाका लागि कोरोनाविरुद्धको खोप आफ्नो देशमा भित्र्याउने ‘प्रतिस्पर्धा’ शुरु भएको छ ।

ज्ञातव्य कुरा हो, ती देशहरुले खोपमा प्राथमिकता पाउने छन्, जो आर्थिक रुपले सक्षम छन् र खोप खरिद गर्न सक्छन् । तर संक्रमितको संख्या दुई लाख बढी पुगिसेको नेपालजस्तो विपन्न देशले चाहिँ खोप कहिले र के–कसरी ल्याउन सक्ला ? कोरोनाविरुद्धको खोप सार्वजनिक प्रयोगको लागि अनुमति प्राप्त गर्ने चरणमा अघि बढिरहँदा त्यसलाई नेपालमा भित्र्याउनका सरकारले के के कुराको तयारी गरिरहेको छ ?  जस्ता सवालहरुमा केन्द्रीत रहेर स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख तथा नेपालमा खोप भिर्याउन बनाइएको कार्यदलका सदस्यसचिव समेत रहेका डाक्टर झलक शर्मा गौतमसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित उतार प्रस्तुत छः

कोरोनाविरुद्ध निर्माण भइरहेका खोपहरु नेपालमा खोप ल्याउन बनेको कार्यदलले अहिले के गरिरहेको छ ?

कोरोनाविरुद्ध निर्माण भइरहेका दर्जनभन्दा बढी खोपको अध्ययन भइरहेको छ । ती खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ र केही खोप ९५ प्रतिशत सफल भएको नतिजाहरु सार्वजनिक भएका छन् ।

यद्यपि त्यो नै अन्तिम नतिजा भने होइन । क्लिनिकल ट्रायलमा सफल भएको प्रारम्भिक आँकडाहरु सार्वजनिक भएका ती खोपहरुका बारेमा अध्ययन भइरहेको छ । प्रारम्भिक नतिजाको आधारमा नै कुन खोप राम्रो– नराम्रो हो भन्न सकिँदैन ।

अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोपले ९५ प्रतिशत सफलता हात पारेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप एमआरएनए—१२७३, ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी भएको ती कम्पनीहरुले दाबी गरेका छन् । उता रुसी खोप स्पुतनिक–भी ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तर हालसम्म सबैको प्रारम्भिक नतिजा आए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । त्यसैले विश्वमा निर्माण भइरहेको खोपहरुको कार्यदलले गहन रुपमा अध्ययन गरिहेको छ ।  

प्रकाशित मिति: : 2020-11-26 11:59:00

प्रतिकृया दिनुहोस्