‘हमर गुलाब’ चुँड्यो पापीले

आयोमेल

बर्दिवास (महोत्तरी) 
तस्बिर : आयोमेल

गजेन्द्र बोहरा/धैर्यकान्त दत्त 

बर्दिवासको मुख्य सडक बुधबार राति अबेरसम्मै पुत्ताइरहेको थियो। सडकभरि प्रहरी र दिनभरि थुनिएका गाडीको बाक्लो लाइन थियो।

सडकभरि आन्दोलनकारीले छाडेका चप्पल, प्रहरीका हेल्मेट अनि ढुंगामुढा छरिएका थिए। 

महोत्तरीको यो वर्दिबास बजार पूर्वपश्चिम राजमार्गमा पर्ने एउटा मुख्य बजार हो। 

यही मुख्य सडकको करिब ५ सय मिटरभित्र आधा निस्केको एकतले घर छ। 

बिहीबार बिहान त्यही घरमा अर्धमुर्छित् थिइन् सबिना खातुन। 

आइतबार दिउँसोदेखि उनको हालत फेरिएको छैन। 

ओछ्यानमा ढलिरहेकी उनी केही बोल्न सक्दिनन्। बर्सादीले छोेपेको झ्यालभित्रको त्यो साँघुरो कोठाभित्र, मलिन केही आफन्तले उनलाई सम्झाइरहेका थिए– ‘नही कानु, ओही पापीके फाँसी होतइर्!’ (नरोउ, त्यो पापीलाई फाँसी हुन्छ!)

बेलाबेला उनी आँखा खोल्छिन् र बरर आँशु झर्छ। फेरि सबका आँखा रसाउँछन्। 

पाँच दिन भइसक्यो, उनको मुखमा अन्न परेको छैन। धेरै बेर बेहोसीमा बर्रबराउन थालेपछि छेउका आफन्तले उनलाई पानी छम्किदिन्छन्। 

ब्यँझिएर रुँदारुँदै उनी फेरि बेहोस हुन्छिन्। 

प्रकाशित मिति: : 2020-11-26 15:23:00

प्रतिकृया दिनुहोस्